बेहोस भएर मृत्यु

मकवानपुर, २० साउन
        खोटाङ दिप्चुङ नगरपालिका–३ घर भएका ६० बर्षीय बिदुरमान राईको बेहोस भएर मृत्यु भएको छ । उदयपुर बेलटारबाट काठमाडौँको लागि आउदै गरेको ना.५ ख ४८४७ नम्वरको यात्रु बाहक बसमा सवार उनी विहिबार हेटौडा उपमहानगरपालिका–२८ स्थित युनिलिभर नजिक पुग्दा बसेको सिटमा बेहोस अवस्थामा फेला परेकोले उपचारको लागि चुरेहिल अस्पताल लगिएकोमा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।