खोलामा डुबेर मृत्यु तथा बेपत्ता

काठमाडौं, २० साउन
     काठमाडौँ : काभ्रेस्थल डेरा गरी बस्ने रसुवा भोर्ले–२ घर भएका निमा ग्याम्जोको ९ बर्षीय छोरा मिलन ठोक्रा ग्याम्जोको खोलामा डुबेर मृत्यु भएको छ । बुधबार तार्केश्वर नगरपालिका–५ भेडीगोठ स्थित महादेव खोलामा डुविरहेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारी उपचारको लागि शिक्षण अस्पताल लैजादा ती बालकको मृत्यु भएको थियो ।
     सुनसरी : बराहक्षेत्र–६ बस्ने इन्द्रबहादुर कार्कीको १२ वर्षीया छोरी सबिना कार्कीको बुधबार भैसीं चराउन जाने क्रममा कोशी नदीको भंगालो तर्दा डुबेर मृत्यु भएको छ ।
     बाँके : नेपालगंन्ज उपमहानगरपालिका–२४ कारकादो बस्ने १७ वर्षीय सफिक अन्सारी बुधबार घर नजिकै पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । प्रहरीले उनको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।