मृत अवस्थामा फेला
काठमाडौं, २० साउन
रुपन्देही : पिपरिया–४ बस्ने ७५ वर्षीय बिखन मुसिहार बुधबार देबदह–९ मा मृत अवस्थामा फेला परेका छन् ।
बझाङ : मंगलबार साँझदेखि हराएका सुरमा–३ बस्ने ४५ वर्षीय बिरेन्द्र पुजारा बुधबार सोही ठाउँस्थित दहतालमा मृत अवस्थामा फेला परेका छन् ।
झापा : चकचकी –९ स्थित धान राख्ने गोदाम घरको बरण्डामा बुधबार नाम, थर, वतन नखुलेका करीब ७० वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन ।
भक्तपुर : मध्यपुर ठिमी नगरपालिका–५ नगदेश गणेश मन्दिर नजिक सडकमा सिन्धुपाल्चोक गेर्खु–२ घर भई हाल नगदेश चिउरा मिलमा काम गर्ने ४५ वर्षीय बुद्धिबहादुर कार्की बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला : अपि नगरपालिका–१५ स्थित महाकाली नदीको किनारामा बुधबार महिलाको टाउको नभएको सडीगली सकेको शव फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

