डलर साट्ने बाहनामा २० लाख रुपैयाँ लिएर फरार

सिन्धुली, २० साउन
     मुस्ताङ लेते–६ बस्ने ३२ बर्षीय कृष्ण मोहन नेपाली र कास्की पुरनचौर–२ बस्ने ३५ बर्षीया निर्जला परियारको डलर साट्ने बाहनामा दुई जना अपरिचित व्यक्तिहरुले २० लाख रुपैयाँ ठगी गरी फरार भएका छन् । कमलामाई नगरपालिका–६ स्थित नाम,थर,वतन नखुलेका दुई जना अपरिचित व्यक्तिले पटक पटक ९८४४६२५८७९ नम्वरको मोवाइलबाट सम्पर्क गरी हामीसंग ३० हजार अमेरिकी डलर छ नेपाली २० लाख दिएमा साट्छु भनी विश्वासमा परी उनीहरुलाई पोखराबाट सिन्धुली बोलाई नोट साईजको कागजको बण्डल भएको पोलिथिङको झोला दिई २० लाख रुपैयाँ र उनीसंग भएको मोवाइल समेत लिएर भागेको बताइएको छ । 

फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।