अवैध कुखुराको चल्ला सहित पक्राउ

बर्दिया, २० साउन
     अवैध रुपमा भे.१ च १८५७ नम्वरको गाडीमा ल्याउदै गरेको ७ हजार ५ सय ब्रोइलर कुखुराको चल्लासहित सोरहवा–६ सतापटिया बस्ने ४० वर्षीय सुनिलसिंह ठकुरी सहित ४ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।