अवैध सालको काठ सहित पक्राउ

दाङ, २० साउन
     अवैध रुपमा सेवार–८ स्थित बनबाट रा.२ त २२०१ नम्बरको ट्याक्टरमा १८ वटा सालको गोलिया काठ लोड गरिरहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सेवार–८ बस्ने ४७ बर्षीय नेपालु चौधरी लिलाराम चौधरी र ट्याक्टर चालक देबमान घर्ती रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार उक्त गोलिया काठ सहित पक्राउ गरेको हो ।
बरामद काठ सहित उनीहरुलाई प्रहरीले आवश्यक कानूनी कारवाहीको लागि जिल्ला बन कार्यालयमा पठाएको छ ।