ज्यान मार्ने उद्योगका फरार पक्राउ

दाङ, २० साउन
     ज्यान मार्ने उद्योगमा फरार रहेका रुकुम मर्मा–२ बस्ने २४ वर्षीय जनक कुशारी र १७ वर्षीय दिपक कुशारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार ८ गते जिल्ला प्रहरी कार्यालय रुकुमबाट ज्यान मार्ने उद्योगमा फरार भएका उनीहरुलाई प्रहरीले बुधबार घोराही नगरपालिका–११ तुलसीपुरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।