पहिरोमा पुरिएर क्षति

काठमाडौं, २० साउन
    दोलखा : गौरीशंकर–९ फेदीस्थित सिर्नजी हाइड्रोपावरको पावर हाउसको दायाँपट्टी बुधबार पहिरो आई पावर हाउसको कम्पाउण्डभित्र रहेको स्वीचयार्डको पार्टपूर्जा पुरिन गई करीव ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    यसैगरी दोलखा लामाबगर–९ जगत बस्ने राजेन्द्र मगरको घर बुधबार पहिरो आई पुरिँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल तथा सोही घरमा डेरा गरी बस्ने रिष्मा ठकुरीको अन्नपात, लत्ताकपडा, भाडाबर्तन पुरिंदा करीव १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    रामेछाप : अविरल बर्षाको कारण गेलु गाबिस–७ राम्छाखानी बस्ने ईन्द्रबहादुर मगरको आँगनबाट बिहिबार करीव ३५ हात जमिन धाजा फाटी लच्किएर क्षति भएको छ । जमिन धाजा फाटेको र वरिपरी जोखिम भई बस्न अयोग्य भएकोले ईन्द्रबहादुर लगायत ५ जना परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।