वेहोस भएर मृत्यु
काठमाडौं, २० साउन
तारकेश्वर नगरपालिका–१३ जरङखु बस्ने सिन्धुली रानीचुनी–८ का ३३ वर्षीय जिपाले आले मगरको वेहोस भएर बिहिबार मृत्यु भएको छ । उनकै कोठामा बेहोस अवस्थामा फेला परेका मगरको उपचारको लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

