मृत अवस्थामा फेला

काठमाडौं, २० साउन
    काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्ध चुच्चेपाटीस्थित चौरमा रहेको भूकम्प पीडितको टहरोभित्र हाल एकिन नाम, थरसमेत नखुलेका नुवाकोट घर बताउने ४३ वर्षीय बुद्ध लामा भन्ने पुरुष बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
    बाग्लुङ्ग : बाटाकाचौर–३ पुल्चोक बस्ने ५३ वर्षीया नन्दकला खनाल खत्री स्थानीय खाल्डे खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहिबार फेला परेकी छन् । उक्त खोलामा नुहाउन जान्छु भनि हिँडेकी खनाल घर फर्की नआएपछि खोजी गर्ने क्रममा खोलामा डुबेको अवस्थामा उनको शव फेला परेको थियो ।
    झापा : शिबसतासी नगरपालिका–३ चन्द्रडाँगी पूर्वपट्टी माइखोलामा बाढीले बगाएर ल्याई खोलाको धारमा अड्किएको अवस्थामा नाम, थर, वतन नखुलेका करीव ४० वर्षीय पुरुषको शव बिहिबार फेला परेको छ ।
    रुपन्देही : बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी मा.बि.को मैदानमा रहेको मञ्चमा हाल नाम, थर, वतन नखुलेका करीव ५० वर्षीय पुरुष बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।