अचेत अवस्थामा फेला परेका व्यक्तिको मृत्यु

पर्सा,२१ साउन
    अचेत अवस्थामा फेला परेका छप्कैया बस्ने ३६ बर्षीय सुनिल प्रसाद सौदागरको मृत्यु भएको छ । उनलाई विहिबार बिरगंज उपमहानगरपालिका–२ स्थित लालु गोदाम नजिक अचेत अवस्थामा फेला पारिएपछि उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।