शरीरमा मट्टितेल खन्याई आगो लगाएर मृत्यु

महोत्तरी,२१ साउन
    डामिमडै–९ बस्ने २० बर्षीया चुनचुन देवी यादवले विहिबार आफ्नै घरको कोठामा आफ्नै शरीरमा मट्टीतेल खनाई आगो लगाउँदा शरीरको बिभिन्न भाग जलेर घाइते भएकोले जिल्ला अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।