नगद लुटपाट

काठमाडौँ,२१ साउन
    चितवन चैनपुर खैरेनी नगरपालिका–२ घर भई हाल भक्तपुर सिपाडोल बस्ने २६ बर्षीय रुकेश परियारको नगद ४ लाख रुपैयाँ लुटपाट भएको छ ।
     कागेश्वरी मनहरा नगरपालिका–५ नयाँपाटी दुरसंचार नजिक विहिबार नम्वर नखुलेको निलो रंगको पल्सर मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटेको बताइएको छ ।
    फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।