खोलाले बगाई मृत्यु तथा बेपत्ता

कास्की,२१ साउन
    पोखरा उपमहानगरपालिका–१८ खाल्टे मसिना स्थित ओखलढुङ्गे खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर २ जनाको मृत्यु हुनाको साथै १ जना बेपत्ता भएका छन् ।
    मृत्यु हुनेमा पर्वत घर भई हाल सोही उपमहानगरपालिका–३ नदिपुर बस्ने १९ बर्षीय अभिषेक बढुवाल र पर्वत घर भई पोखरा उमहानगरपालिका–७ सृजनाचोक बस्ने १८ बर्षीय शंकर जि.सी. रहेका छन् भने खोलाले बगाएर पर्वत माँझफाट–२ घर भएका १८ बर्षीय सुरेश मल्ल बेपत्ता भएका छन् । विहिबार उनीहरुसंग पौडी खेल्ने पर्वत घर भएका १७ बर्षीय राजिव मल्ल पौडी खेली सकुशल बाहिर निस्कन सफल भएका थिए ।
    बेपत्ता मल्लको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।