सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ,२१ साउन
    मकवानपुर : मनहरी–३ रमनटार स्थित महेन्द्र राजमार्गमा नेपालगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ४६७५ नम्बरको बसले शुक्रबार साइकल यात्री नाम, थर, वतन खुल्न नसकेका अंदाजी २५ बर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    नवलपरासी :  कावासोति नगरपालिका–११ लोकाहा पुल नजिकै महेन्द्र राजमार्गमा ना.४ ख ६०८६ नम्बरको बस र ज.२ प ७४५१ नम्बरको मोटरसाइकल विहिबार एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा मोटरसाइकल चालक  चितवन गर्दि–९ बस्ने २५ बर्षीय योगेश सिंह गुरूङ गम्भीर घाइते भएकोले नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।