आगलागीबाट धनमाल क्षति

बर्दिया, २१ साउन
    मगरागारी–९ बस्ने पवित्रा थापाको कस्मेटिक तथा जुत्ताचप्पल पसलमा शुक्रबार बिजुलीको तार सट हुन गई आगलागी हुँदा १० हजार रुपैयाँ नगद तथा विभिन्न सरसामान जलेर करीव ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानियबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।