करेन्ट लागेर मृत्यु

रुपन्देही, २१ साउन
    बसन्तपुर–७ स्थित होटल रेडसनमा इलेक्ट्रिसियन काम गर्ने दाङ बेला–१ का २० वर्षीय सिताराम चौधरीको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ । होटलको कम्पाउण्डमा पानी तान्ने मेसीन फिट गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।