वेहोस भएर मृत्यु

काठमाडौं, २१ साउन
    दक्षिणकाली नगरपालिका–५ चाल्नाखेलस्थित एभरेष्ट ग्यास फ्याक्ट्रीमा भारतबाट ग्यास बुलेट लिएर आएका चालक भारत जम्बु कस्मीर मोहनपुर बस्ने ५० वर्षीय स्यामलाश शर्माको वेहोस भएर शुक्रबार मृत्यु भएको छ ।
    बिगत ४दिनदेखि ग्यास बुलेट खाली नभई फ्याक्ट्रीमा बस्दै आएका शर्मा अचानक बेहोस भएपछि उपचारको लागि स्टार अस्पताल सानेपा ललितपुर लैजाँने क्रममा बाटोमै मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।