मृत अवस्थामा फेला
काठमाडौं, २१ साउन
काठमाडौं : काठमाडौं महानगरपालिका–३० मसाङगल्लीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करीव ५६ वर्षीय पुरूष शुक्रबार मृत अबस्थामा फेला परेका छन् ।
काभ्रे : पाँचखाल नगरपालिका–५ बस्ने तुम्बलाल बि.क.की ८ बर्षीया छोरी संजिता बि.क. शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । साउन १७ गतेदेखि हराइरहेकी बालिकाको सोही ठाउँस्थित हनुमानगढी जंगलमा शव फेला परेको हो ।
महोत्तरी : बेला गाबिस–२ बस्ने असफाक अन्सारीकी छोरी ५ वर्षीया उमिया खातुन सोही ठाउँस्थित खेतको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेकी छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

