ट्याङकीभित्र खसेर मृत्यु

धनुषा, २१ साउन
    बघचौडा–३ बस्ने ४० बर्षीय बिनोद राउत र सोही ठाउँस्थित मामाघरमा बस्ने महोत्तरी सिमरदेहीका २१ बर्षीय सुनिल सहनीको शौचालयको ट्याङकीभित्र खसेर मृत्यु भएको छ ।
    बघचौडा–३ बस्ने दिनेश मण्डलको नयाँ बन्दै गरेको शौचालयको ट्याङकीको सेट्रिङ खोल्ने क्रममा शुक्रबार ट्याङकीभित्र खसेर बेहोस भएका उनीहरुलाई उद्धार गरी जनकपुर अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको थियो ।