सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, २१ साउन
सप्तरी : कल्याणपुर–२ बिसनपुरस्थित पुर्ब–पश्चिम लोक राजमार्गमा ना.१८ प ४७६४ नम्बरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएका चालक कल्याणपुर–८ बस्ने ३५ वर्षीय हरि चौधरीको उपचारको लागि विराटनगर हुँदै थप उपचारको लागि भारतको सिलगुढी पठाइएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको छ ।
सर्लाही : ईश्वरपुर नगरपालिका–५ लच्कास्थित पूर्व–पश्चिम लोकमार्गमा भैंसी लोड गरी जाँदै गरेको ना.५ ख ८४४२ नम्बरको मिनिट्रकले शुक्रबार ठक्कर दिँदा घाइते भएका साईकल चालक ईश्वरपुर नगरपालिका–६ बस्ने ५५ वर्षीय कर्णबहादुर पाँचे मगरको श्री त्रिदेब अस्पताल रानीगंज सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

