नदी तथा खोलाले बगाएर वेपत्ता
काठमाडौं, २१ साउन
कास्की : पोखरा उपमहानगरपालिका–१० रामघाटस्थित सेती नदीमा करीव २२ वर्षीया महिला शुक्रबार हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली खटी गई उनको खोजतलास गरिरहेको छ । घटनास्थलमा झोला र चप्पल फेला परेको छ ।
भोजपुर : कोट गाबिस–८ बस्ने १४ वर्षीय मनकुमार तामाङ र १५ वर्षीय सुभाष तामाङ पिखुवा खोलामा नुहाउने क्रममा शुक्रबार खोलाले बगाई बेपत्ता भएका छन् । घटनाको खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटी गई उनीहरुको खोजी कार्य भइरहेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

