अवैध लागूऔषधसहित पक्राउ
सुनसरी, २२ साउन
धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चोकमा बिराटनगरबाट धरान आएको ना.२ ख ९०२५ नम्बरको यात्रुबसमा चेकजाँच गर्दा मोरङ बिराटनगर–१८ बस्ने २३ वर्षीय महमद सलाउदीनले बोकेको झोलामा लुकाई राखेको अबैध लागूऔषध फेनारगन १ सय एम्पुल, डाइजेलाप १ सय ५० एम्पुल, लुपीजैसिक १ सय ५० एम्पुल, एभिल ५० एम्पुल, स्पास्मो प्रोक्सीभन १ सय ४४ क्याप्सुल र कोरेक्स ४ बोतल फेला परी उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

