जंगली बँदेलको आक्रमणमा परी घाइते
कञ्चनपुर, २२ साउन
दोधारा चाँदनी नगरपालिका–६ बस्ने ४० वर्षीया धनश्वारा शाहीसमेत ३ जनालाई स्थानीय खेतमा धान गोडीरहेको अवस्थामा शुक्रबार जंगली बँदेलले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा कंचनपुर लगिएकोमा थप उपचारको लागि भारतको खटिमातर्फ पठाइएको छ ।

