करेन्ट लागेर मृत्यु

काठमाडौं, २२ साउन
    कपिलबस्तु : आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा शुक्रबार करेन्ट लाग्दा गम्भीर घाइते भएका बाणगंगा नगरपालिका–१३ बनगाई बस्ने ६५ वर्षीय दानबहादुर बि.क.को उपचारको लागि चार नम्बरस्थित सामुदायिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    बर्दिया : आफ्नै कोठामा पंखा बनाउन लागेको अवस्थामा शुक्रबार नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर  घाइते भएका गुलरिया नगरपालिका–६ तुलापुर बस्ने ३४ वर्षीय राकेश गुप्ताको जिल्ला अस्पाताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रकृया पुरा गरेको छ ।