चट्याङमा परी मृत्यु तथा घाइते
काठमाडौं, २२ साउन
रामेछाप : पुरानागाउँ–१ बस्ने झनक श्रेष्ठको घरमा शुक्रबार चट्याङ पर्दा उनकी छोरी साढे २ बर्षीया निरुता श्रेष्ठको मृत्यु भएको छ भने उनकी श्रीमती २९ वर्षीया बसन्ती श्रेष्ठ र अर्की छोरी ११ वर्षीया मिरा श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको छ ।
मकवानपुर : सरिखेत–९ डुम्रेकोट बस्ने सुनिल गोलेकी छोरी ४ वर्षीया कुमारी गोले आँगनमा खेलिरहेको अबस्थामा शुक्रबार अचानक चट्याङ पर्दा घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल हेटौंडा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
बैतडी : श्रीकोट–३ भाटगाउँ बस्ने उद्दव सिंह भाटको घरमा शुक्रबार चट्याङ्ग पर्दा उनकी छोरी १३ वर्षीया मञ्जु भाटको मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रकृया पुरा गरेको छ ।

