नदी र खोलाले बगाई तथा डुबेर मृत्यु
काठमाडौं, २२ साउन
मोरङ्ग : बेलबारी नगरपालिका–१० लोहन्द्रा खोला र केसलिया खोलाको दोभानमा बगाइ ल्याएको अवस्थामा करीव ४५ वर्षीया महिलाको शव शनिबार फेला परेको छ ।
महोत्तरी : स्थानिय महिलाहरुसँग घाँस काट्ने गएको अवस्थामा नैन्ही–३ स्थित नहरमा डुबेर शुक्रबार गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने एमामुदीन अन्सारीकी छोरी ५ वर्षीया एसा खातुनको उपचारको लागि स्थानीय मेडिकल नैन्हीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
लमजुङ : साउन १४ गतेदेखि हराएका राईनस नगरपालिका–७ बस्ने ३३ वर्षीय पुनबहादुर कुमालको राईनस–३ गरमबेशी चेपे नदीको किनारमा नदीले बगाई ल्याएको अबस्थामा शुक्रबार शव फेला परेको छ ।
सप्तरी : भारदह–१ स्थित कोशी व्यारेजको नहरको दोभानमा नदीले बगाई ल्याएको अवस्थामा हाल पहिचान हुन नसकेका करीव ४० वर्षीय पुरुषको शव शुक्रबार फेला परेको छ ।
बर्दिया : धधवार–९ बस्ने ५१ वर्षीय पुर्णबहादुर थारू आफ्नै खेतमा पानी लगाउन गएको अवस्थामा नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

