मृत अवस्थामा फेला

काठमाडौं, २२ साउन
    नुवाकोट : कबिलास गाबिस–२ स्थित ताँदीखोलाको किनारामा हाल काठमाडौं बस्दै आएका नुवाकोट पन्चकन्या–९ का बसुदेव मिश्रकी श्रीमती २७ वर्षीया जानुका मिश्र र उनकै छोरी ८ वर्षीया प्रतिष्ठा मिश्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
    जाजरकोट : नायकबडा–२ बस्ने मनबहादुर बि.क. सोही ठाउँस्थित ढोरचौर जंगलमा रहेको गाईगोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
    कञ्चनपुर : भिमदत्त नगरपालिका–१८ बस्ने ५५ वर्षीय जंगे बादी शुक्रबार सोही ठाउँस्थित सडकको छेउमा मृत अवस्थामा फेला परेका छन् ।
    तनहुँ : शुक्लागण्डकी नगरपालिका–३ चिहानडाडाँस्थित पाटीमा सोही ठाउँ बस्ने ४४ वर्षीय पर्शुराम बि.क. शुक्रबार मृत अबस्थामा फेला परेका छन् ।
    मकवानपुर : आलु खोज्न जान्छु भनि शुक्रबार घरबाट निस्किएका टिष्टुङ–३ बस्ने ३९ वर्षीय सुकबहादुर तामाङ राति अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा स्थानीय नौबिसे पालुङ सडक खण्डको पहिरेडाँडामा मृत अवस्थामा फेला परेका छन् ।
    रुपन्देही : बुटवल उपमहानगरपालिका–२१ मोतीपुरस्थित तपाह रानीबारी छतिस कुलोमा हाल नाम, थर, वतन नखुलेका करीव ३२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
    चितवन : रत्ननगर नगरपालिका–१४ स्थित गुञ्जमान अस्पतालको झाडीमा हाल नाम, थर, वतन नखुलेका करीव ३० वर्षीय पुरुषको शव शुक्रबार फेला परेको छ ।
    बर्दिया : गुलरिया नगरपालिका–९ स्थित बसपार्कमा हाल नाम, थर, वतन नखुलेका करीव ६० वर्षीय पुरुष  शनिबार मृत अबस्था फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।