इनारमा खसेर मृत्यु
काठमाडौं, २२ साउन
काठमाडौं कोटेश्वर महादेबस्थान मार्ग नजिक ईनारमा खसेर शनिबार करीव २४ वर्षीय पुरुषको मृत्यु भएको छ । इनारामा मानिस खसेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वर र बिपद ब्यवस्थापनबाट टोली खटी गई वेहोस अवस्थामा उद्धार गरी उपचारको लागि कान्तिपुर अस्पताल कोटेश्वर लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

