खोलाले बगाएर बेपत्ता

काठमाडौं, २२ साउन
    बैतडी : दुर्गास्थान–२ बस्ने भरतराम ओडको छोरा १४ वर्षीय यसवन ओड सलेना–१ मामाघर जाने क्रममा शनिबार स्थानीय बागगोठ खोलाले बगाई बेपत्ता भएको खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उनको खोजतलास गरिरहेको छ ।
    रोल्पा : मिरुल–१ बस्ने २३ वर्षीय बिजय पुन रÞाङ्गकोट–३ स्थित सागुरे खोलाले बगाई शुक्रबार बेपत्ता भएका छन् । काठमाडौंबाट ४ जना साथीसँग घर फर्कने क्रममा पुनलाई उक्त खोलाले बगाएको भनी उनीसँगै आएका मिरुल–५ बस्ने दिपेन्द्र झाँक्रीले जानकारी गराए पश्चात प्रहरी टोली खटी गई उनको खोजी कार्य गरिरहेको छ ।