गोरु काटेको अभियोगमा पक्राउ
उदयपुर, २२ साउन
गोरु काटेर मासु बेचेको अभियोगमा बेल्टार बसाहा नगरपालिका–१ बस्ने ४० वर्षीय मनकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित दुवार खोलाको बाँधमा गोरु काटी मासु बेचीरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेल्टारको प्रहरीले उनलाई मासुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

