भन्सार छलि ल्याएका सामान बरामद
सर्लाही, २२ साउन
बरहथवा नगरपालिका–१० सितापुर चोकमा ५ वटा मोटरसाइकलमा राखी भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याइरहेको अवस्थामा करीव ७० हजार रुपैयाँ बराबरका सामानहरु शुक्रबार ईलाका प्रहरी कार्यालय बरहथवाको गस्ती टोलीले मोटरसाइकलसहित बरामद गरेको छ । गस्ती टोलीलाई देख्नासाथ मोटरसाइकल चालकहरु मोटरसाइकल समेत छोडेर भागेका थिए ।
मोटरसाइकल चालकहरुको खोजी गर्नुकोसाथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

