बृक्षारोपण कार्यक्रम सम्पन्न
कास्की, २२ साउन
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमको सहभागितामा उक्त कार्यालय परिसरमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
इलाका बन कार्यालय पुम्दीभुम्दी कास्कीसँग आवश्यक समन्वय गरी तेजपत्ता २५, कपुर २०, कैयु २०, चाप २० र लप्सी १५ गरी जम्मा १ सय वटा पर्याबरणसँग मिल्दाजुल्दा बिरुवाको बृक्षारोपण गरिएको सो कार्यालयले जनाएको छ ।

