करेन्ट लागेर मृत्यु
पर्सा, २३ साउन
अमरपट्टि–८ बस्ने ४५ वर्षीया फुलमति देवी राउतको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार आप्mनै घरमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

