खोलाले बगाई मृत्यु तथा बेपत्ता

काठमाडौं, २३ साउन
    काठमाडौं : सुन्दरीजलस्थित खोलामा शनिबार पौडी खेल्ने क्रममा अर्घाखाँची सडेना घर भएका १७ वर्षीय किरण परियार डुबेर बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका सोही ठाउँ बस्ने २२ वर्षीय नारायण परियारलाई प्रहरीले सकुशल उद्धार गरेको  छ । बेपत्ता परियाको प्रहरीले खोजतलास गरिरहेको छ ।  
    कालिकोट : थिर्पु–३ बस्ने २६ वर्षीया नेघा बम शनिबार कर्णाली नदिमा बाढीले बगाएको दाउरा निकाल्ने क्रममा नदीले बगाई बेपत्ता भएकी छिन् ।
    चितवन : भरतपुर उपमहानगरपालिका–१६ काभ्रेघाट स्थित नारायणी नदीमा शनिबार पौडी खेल्ने क्रममा चितवन मेडिकल साईनस कलेजमा डेन्टीस कोषको अन्तिम बर्षमा अध्ययनरत  सोही उपमहानगरपालिका वेलचोक बस्ने २३ वर्षीय दिपक काफ्ले र कैलाली धनगढी बस्ने २४ वर्षीय पुकार खरेल शनिबार नदीले बगाएर बेपत्ता भएका छन् ।
    बेपत्ता उनीहरुको  स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।