कुटपिटबाट मृत्यु
काठमाडौं, २३ साउन
तनहुँ : आफनै छोराको कुटपिटबाट क्यामिन–६ बस्ने ७० वर्षीया पुतली नेपालीको मृत्यु भएको छ । उनलाई शनिबार ४० वर्षीय छोरा देवबहादुर नेपालीले कुटपिट गर्दा मृत्यु भएको थियो । फरार देवबहादुरको प्रहरीले खोजतलास गरिरहेको छ ।
सिन्धुली : दुधौलि नगरपालिका–२ पटहरे बस्ने ३३ वर्षीया बवि अधिकारीले आफ्नै ७ वर्षीया छोरी मनिषा अधिकारीलाई शनिबार कुटपिट गर्दा कोठामा लडेर मृत्यु भएको छ ।
बवि अधिकारीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

