जीप तोडफोड गरेको अभियोगमा पक्राउ
काठमाडौं, २३ साउन
दक्षिणकाली नगरपालिका–५ बाँसबारीस्थित ना.१ ज २४४३ नम्बरको टाटा सुमो जिपलाई तोडफोड गर्नुका साथै चालक मकवानपुर ईपा–४ बस्ने ३३ वर्षीय सोनाम लामालाई कुटपिट गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने २४ वर्षीय रुवेन श्रेष्ठ सहित ३ जनालाई प्रहरीले बा ५४ प ६३८५ र बा ५४ प ९९३४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ ।
उनीहरु समेतका ५/७ जनाको समुहले शनिबार जीपमा ढुङगा तथा हेलमेट प्रहार गरी अगाडी र पछाडीको शिसा फुटाइ क्षति पु-याएका थिए । कुटपिटबाट घाइते भएका चालक लामालाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कंलकीमा लगिएको छ ।
तोडफोडमा संलग्न फरार अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

