लागू औषधसहित पक्राउ

सलार्ही, २३ साउन
    भारत सितामढी कसारगाँउ पञ्चायत फुलकाह घर बताउने ७६ वर्षीय रामबृक्ष महतोलाई प्रहरीले लागू औषध गाँजा २ के.जी.सहित पक्राउ गरेको छ ।
    इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले शनिबार नेत्रगञ्ज–६ स्थित नवलपुर चोकमा उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।