अवैध हतियार सहित पक्राउ

धनुषा, २३ साउन
    जनकपुर एरियामा अप्रिय घटना घटनाउने योजना बनाउदै गरेका ६ जनालाई प्रहरीले २ थान कटुवा पेस्तोल, खुकुरी, मास्टर रिन्च, हथौडी र विभिन्न साईजका फलामका रडहरू तथा ज.८ प ९६४७ नम्बरको मोटरसाइकल सहित  पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा जनकपुर उपमाहानगरपालिका–२६ बस्ने गोपालपुर–४ घर भएका १८ वर्षीय सन्तोष कुमार यादब, गोपालपुर–२ घर भएका १८ बर्षीय चन्दे्रश्वर यादव, मनसिङपट्टी–४ घर भएका १९ बर्षीय रोशन महरा, भमरपुरा–३ बस्ने १८ बर्षीय एसाहानुल राईन, पौडेश्वर–८ झिटकैया बस्ने १८ बर्षीय महोमद सुक्रदिन राईन र १८ बर्षीय मुवारक राईन रहेका छन् ।  
    सोही उपमहानगरपालिका–९ स्थित गंगा प्रसाद साहको घरमा डेरा गरी बस्ने उनीहरु समेतका व्यक्तिहरुले जनकपुर एरियामा अप्रिय घटना घटाउने योजना बनाउँदै छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले शनिबार कोठा तलासी गर्दा उक्त हतियार बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।