आगलागीबाट क्षति

काठमाडौँ, २३ साउन
    काठमाडौँ महानगरपालिका–२९ ठमेल चिवहाल स्थित सुरज श्रेष्ठले आफ्नै ५ तले पक्की घरमा संचालन गरेको कपडा पसलमा आइतबार करेन्ट सर्ट भएर आगलागी हुँदा करीव २ करोड रुपैयाँ बराबरबको धनमाल जलेर क्षति भएको छ । आगोलागी निभाउने क्रममा श्रेष्ठको २२ बर्षीय नाती सलिन श्रेष्ठ जलेर घाइते भएकोले उपचारको लागी मोडेल अस्पताल बागबजारमा लगिएको छ ।
    आगलागी नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी र स्थानियबासि तथा दमकलको सहयोगमा नियन्त्रण गरिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।