डुबेर मृत्यु

काठमाडौँ, २३ साउन
    कंचनपुर : पुरनबास नगरपालिका–१० सिम्रि स्थित दिधा नदीमा मलामी आएका सोही नगरपालिका–९ गगाउँ बस्ने १७ बर्षीय दिपक सिंहको नदीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा सोही ठाउँ बस्ने १७ बर्षीय बिकाश श्रेष्ठ  बेपत्ता भएका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।
    ललितपुर : गोदावरी नगरपालिका–१० बाँडेगाउँ स्थित कर्मनासा खोलामा चापागाउँ भनिखेल बस्ने ४२ बर्षीय जुलेसा स्याङतान आइतबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
    महोत्तरी : धिरापुर–५ बस्ने ७० बर्षीया प्यारी देवी ठाकुरको आइतबार मझौला बिसनपुर–२ मा रहेको पोखरीमा हाँस धपाउन जाने क्रममा डुबेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।