सवारी दुर्घटनामा मृत्यु
काठमाडौँ, २३ साउन
चितवन : नारायणी नगरपालिका–४ ताराचोक स्थित भित्री सडकखण्ड ना.४ ख ३५१९ नम्बरको दुधको ट्याङकरले आइतबार ना.४० प १५२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ बस्ने४७ बर्षीया प्रेम कुमारी पोख्रेल (कामी) गम्भिर घाइते भएकोले उपचारको लागि भरतपुरतर्फ लैजादाँ बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकल चालक २१ बर्षीया चन्द्रकला बि.क.लाई उपचारको लागि चितवन मेडीकल कलेज भरतपुरमा लगिएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही : सिद्धार्थ नगरपालिका–१ बाईपास नजिक सिद्धार्थ राजमार्गमा भैरहवाबाट बेलहीयातर्फ आउदै गरेको ना. २ ख. ८२९६ नम्बरको ट्रकले पैदलयात्री नाम,थर, वतन नखुलेकी अदाजी ३६ बर्षीया महिलालाई आइतबार ठक्कर दिदा गम्भीर घाइते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवा लगिएकोमा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

