लागू औषध नियन्त्रणमा युवा बिद्यार्थीको भूमिका बिषयक वत्तृत्वकला प्रतियोगिता

कास्की, २३ साउन
    जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा पोखरा उपमहानगरपालिका–४ गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रहरी मेरो साथी (Police My Friend) कार्यक्रम अन्तर्गत “लागू औषध नियन्त्रणमा युवा विद्यार्थीको भूमिका” विषयक अन्तर उच्च माध्यामिक बिद्यालय स्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
    पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बमको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त प्रतियोगितामा पोखरामा रहेका विभिन्न १२ वटा उच्च माध्यामिक बिद्यालयका १३ जना (६ जना छात्र र ७ जना छात्रा ) विद्यार्थीहरुले भाग लिएका थिए ।
    प्रतियोगितामा सगरमाथा निकेतन उच्च माध्यामिक बिद्यालय पोखराकी छात्रा मुस्कान झा प्रथम, मदरल्याण्ड उच्च माध्यामिक विद्यालयकी छात्रा प्रकृति सुवेदी द्वितिय र जनप्रिय उच्च माध्यामिक विद्यालयकी छात्रा रविना घिमिरे तथा सगरमाथा निकेतन उच्च माध्यामिक बिद्यालयकी छात्रा कृतिका कँडेल संयुक्तरुपमा तृतिय भएका थिए ।     प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई प्रहरी नायव महानिरीक्षक बमले नगद पुरस्कार तथा प्रमाण पत्रका साथै सहभागी अन्य प्रतियोगीलाई प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा आमा समुह, संघ संस्था, स्कुल तथा कलेजका विद्यार्थीहरु, संचारकर्मी, उद्योगी व्यबसायीहरुको उपस्थिती रहेको थियो ।