आगलागीबाट क्षति
काठमाडौँ, २४ साउन
कपिलवस्तु : महाराजगंज–२ चमरसठ गाउँ बस्ने महमद हदिस धोबिको गोठमा लामखुट्टे धपाउनको लागि बालेको आगोबाट आइतबार राति आगलागी हुदाँ छिमेकीको २ वटा घर र ५ वटा गोठ समेत जलेर करीव १५ लाख ५० हजार रुपैया बराबरको क्षति भएको छ ।
सप्तरी : प्रसबनी–२ बस्ने प्रेवट सिंहको गोठमा आइतबार राति लामखुट्टे धपाउनको लागि बालेको आगोबाट आगलागी हुदाँ छिमेकी ईश्वर प्रसाद सिंहको घर र गोठ तथा सुभास कुमार सिंहको घरगोठ समेत जलेर करीव ४ लाख ५० हजार रुपैया बराबरको क्षति भएको छ
पर्वत : कुश्मा नगरपालिका–१० शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्कीङ गरी राखेको ग.१ ख ४९३६ नम्बरको बसमा आइतबार आगलागी हुँदा बस पुर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट ना. ४ ख ९०३७ ,ध १ ख ५६९ नम्बरको बस समेत सामान्य क्षति भएको थियो ।
बारा : कवहीजब्दी–९ बस्ने सियाराम यादवको घरमा आइतबार आगलागी हुदाँ ना. २२ प १६३३ नम्बरको मोटरसाइकल र दुई वटा साईकल समेत जलेर करीव ३ लाख २५ हजार रुपैया बराबरबको धनमाल क्षति भएको छ । आगलागीमा तिन वटा बाख्राको समेत मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

