रुख तथा ढुंगाले लागेर मृत्यु तथा घाइते
काठमाडौँ, २४ साउन
अछाम : भैरवस्थान–५ स्थित डोजरले बाटो खन्ने क्रममा आइतबार सल्लाको रुख ढलेर लाग्दा सोही ठाउँ बस्ने ६५ बर्षीय भैरे बुढाको घटानास्थलमै मृत्यु भएको छ भने ६० बर्षीय देउमले सुजि घाइते भएका छन् । घाइते सुजिलाई उपचारको लागी नेपालगंज पठाइएको छ ।
गोरखा : कासीगाउँ–७ बस्ने ३२ बर्षीया सन्चमायाँ गुरुङ आइतबार थुमी–६ सोती स्थित बाटोमा हिडीरहेको अवस्थामा माथीबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा गम्भीर घाइते भएकोले उपचारको लागि स्थानिय बुद्धी मेडिकल आर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

