झ्यालबाट खसेर मृत्यु
काठमाडौँ, २४ साउन
काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध केलटोल बस्ने ७८ बर्षीय केशव कर्मचार्यको झ्यालबाट खसेर मृत्यु भएको छ ।
सोमबार विहान आफ्नै घरको तेस्रो तल्लाको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनलाई वीर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

