भरुवा बन्दुक सहित पक्राउ

दैलेख, २४ साउन
    भैरिकालिकाथुम–९ बस्ने ४३ बर्षीय टेक बहादुर शाहीलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । प्रहरी चौकी गैडाबाजबाट गस्तीमा खटीएको प्रहरी टोलीले उनलाई आइतबार बाँदर खड्का भन्ने स्थानमा खाली भरुवा बन्दुक सहित बसीरहेको अवस्थामा फेलापारी पक्राउ गरेको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।