खुडा, तरवार सहितका सामान सहित पक्राउ
काठमाडौँ, २४ साउन
सिन्धुपाल्चोक घर भई हाल बसन्तपुर शिव पार्वती मन्दिर नजिकै डेरा गरी बस्ने १९ बर्षीय प्रकाश राउतलाई प्रहरीले ४ थान खुडा, २ थान तरवार , १ थान चक्कु , ५ थान काँचको करुवा, १ थान तामाको सानो गाग्री, पित्तलको घण्टी, पित्तलको गैडाको मुर्ती , पित्तलको दियो , पित्तलको मयुरको सानो मुर्ति २ थान , पित्तलको मृगको सानो मुर्ति २ थान सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले आइतबार राति उनलाई काठमाडौँ महानगरपालिका–२७ स्थित असन गल्लीमा प्लाष्टिकको बोरामा उक्त सामानहरु बोकी हिडिरहेको अवस्थामा फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

