अवैध बन लसुन सहित पक्राउ

जुम्ला, २४ साउन
    डिल्लीचौर बस्ने २० बर्षीया श्रीदेवी रावत सहित  ११ जनालाई प्रहरीले करीव ५३ लाख ३६ हजार रुपैयाँ बराबरको अवैध बन लसुन ३ सय ३३.५ के.जी.सहित पक्राउ गरेको छ ।
    पटमार–३ राना स्थित उर्थु चौताराबाट जुम्ला सदरमुकाम आउने क्रममा उनीहरुले अबैध बन लसुन ल्याउदै गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट आइतबार खटिएको प्रहरी टोलीले अवैध वन लसुन सहित नियन्त्रणमा लिएको हो ।
    उक्त बस लसुन डिल्लीचौर– ७ बस्ने ३६ बर्षीय अंग बहादुर रावतले प्रति के.जी. १६ हजार रुपैयाका दरले खरिद गरी ल्याएको भन्ने बुझिएको छ । उनीहरुलाई प्रहरीले आवश्यक कानूनी कारवाहीको लागि वन कार्यालयमा बुझाएको छ ।