आगलागीबाट धनमाल क्षति

काठमाडौं, २४ साउन
    काभ्रे : च्यासीङखर्क–५ बस्ने नबराज हुमागाईको गोठमा सोमबार आगलागी हुँदा गोठमा भएका भैसी ६, पाडो ३, गोरु २, गाई २, बाच्छा ३ मर्नुको साथै गोठका सम्पुर्ण सामान तथा नगद जलेर करीव १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    धनुषा : तारापट्टी सिरसिया–५ बस्ने राजाराम यादवको गोठमा भुसमा आगो बालेको अबस्थामा सोमबार  आगलागी हुँदा गोठ र काठपात पुर्ण रुपमा जलेर करीव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    आगो नियन्त्रणमा लिएर स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।